Home  
Janahit Voice

विराटनगरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१३ बैशाख २०८०, बुधबार

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले कन्चनबारी चोक नजिकै बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।उनको परिचय भने खुलेको छैन । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *