Home  
Janahit Voice

अब ड्राइभिङ लाइसेन्सको म्याद १० वर्ष सम्म

१३ बैशाख २०८०, बुधबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई अब  १० वर्षमा गर्न मिल्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था छिटो भएको र त्यसले स्मार्ट कार्ड छपाइमा चाप सिर्जना गरेकाे उल्लेख गरेका छन। ।१० वर्षमा नवीकरण गर्ने कुरा कानूनी रूपमा प्रक्रिया अगाडि बढाएका छौं,” बैठकमा बोल्दै सांसद ज्वालाले भने, “अब चाहिँ पाँच वर्षमा होइन, १० वर्षमा नवीकरण गर्नुपर्ने र त्यसो भएमा नयाँ स्मार्ट कार्ड छाप्ने चाप पनि कम हुने विश्वास लिएका छौँ ।

लाइसेन्सका लागि अत्यन्त लामो समय पर्खिनुपर्ने लाइनमा लाग्नुपर्ने अवस्थालाई केही महिनामा समाधान गर्नेगरी मन्त्रालयलेमन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली वा अङ्ग्रेजी र अङ्ग्रेजी तीन ओटै विकल्पमा नम्बर प्लेट छाप्न मिल्ने गरी मन्त्रिपरिषदबाट निर्णय लिइसकेकाे र चाँडै नै उक्त व्यवस्था लागू हुने पनि जानकारी दिए ।यात्री मोटरसाइकल्सका विषयमा पनि मिडियामा धेरै कुराहरू आएको छ।,”हामीले तत्कालै त्यसमा चासो लियौं र सम्बन्धित पक्ष, विभाग, यातायात व्यवस्था कार्यालय, सम्बन्धित व्यवसाय बसेर कार्यविधिमा समेत संसोधन गरेर समस्याको समाधान गरिसकेका छौं ।”

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *