Home  
Janahit Voice

नेपालले आज कतारलाइ हराउदै समूह विजेता बन्ने लक्ष्यमा

१४ बैशाख २०८०, बिहीबार

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाउनुभयो । उहाँले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखलेसमान ११/११ रन बनाए। बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिनुभयो । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिएका छ्न।

यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाल आज कतारलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । यस समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

कतार र नेपालको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूहमा नेपालको तीन खेलबाट पाँच र ओमानको ६ अङ्क छ । कतार, मलेसिया र साउदी अरब बाहिरी सकेका छन् । कतारका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाई मात्र हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *