Home  
Janahit Voice

महावीरको धर्ना आज माइती घरमा

१५ बैशाख २०८०, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना थालेका छन्। अनुसन्धान, नवप्रवर्तन रआविष्कारका लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर सुरू गरेका हुन। भेलामा सहभागीहरूले आविष्कारका क्षेत्रमा काम गर्न माग गरिएका विभिन्न प्लेकार्ड बोकेका छन्। माइतीघरबाट बानेश्वर जाने सर्भिस लेनलाई बन्द गरेर धर्ना कार्यक्रम भैरहेको छ।

बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका थिए।
धर्ना सुरु गर्नुअघि  पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख रहेको बताएका  छ्न ।  कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *