Home  
२२ कार्तिक २०७७, शनिबार
संसद अधिवेशन बोलाउन बाबुराम भट्टराईको माग
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन्।
शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका हुन्।
ट्वीट गर्दै उनले भनेका छन्- नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला;उसैले छिनोफानो गरोस्! तर
@kpsharmaoli
सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि: १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य!