Home  
Janahit Voice

निरा हत्या प्रकरणमा संलग्न एक ब्यक्ति पक्राउ

१७ बैशाख २०८०, आईतवार

कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको वैशाख ७ मा आफ्नै  पसलमा हत्या भएको थियो ।
सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो ।हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो ।बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो ।हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।
निराको हत्यामा झापा धुलाबारीका विनोद विक संलग्न भएको भने पनि उनको संलग्नता कस्तो खालको हो भनेर स्पष्ट पारेको छैन ।काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी स्रोतले बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *