Home  
Janahit Voice

भब्यताका साथ ४१ औँ अन्तराष्ट्रिय नृत्य दिवस सम्पन्न

१७ बैशाख २०८०, आईतवार

नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा ४१औँ अन्तराष्ट्रिय नृत्य दिवस तथा सुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।

हिजो (सनिबार) १ बजेदेकि कार्यक्रम सुरु भएको थियो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मानीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपालमा प्रचलित विभिन्न जातजातिका लोक तथा परम्परागत नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बिभिन्न बिधाका नृत्यहरु जस्तै पंचकपाल नृत्य,टप्पा नृत्य, नृत्य र नेवारीनृत्य , गुरुङ मगर समुदायमा प्रचलित कौडा नृत्य, तामाङ समुदायको तामाङसेलो नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी ‘द लर्ड अफ क्रु’ तथा ‘ह्वाइल्ड रिपजर्’समूले आधुनिक शैलीको नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गीत सङ्गीत तथा नृत्य मानिसको भावना बोल्ने र समस्याको उजागर गर्ने माध्यम भएको बताउनु हँुदै राष्ट्रिय नृत्य दिवसको थालनी गर्न आफूले पहल गर्ने बताउनुभयो । उहाँले कला क्षेत्रमा दशकौँ योगदान दिने कलाकर्मीहरुको भविष्यको सुनिश्चिता हुनुपर्नेमा जोड दिनुभायो ।

कुलपति तथा कार्यक्रमको सभाध्यक्ष निशा शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै आइ टि आइ(क्ष्त्क्ष्) द्वारा अन्तराष्ट्रिय नृत्य दिवसको थालनीेको उद्देश्यबारे प्रकाश पार्नु हँुदै आगामी दिनमा पनि यस्तै खालको सहकार्य गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनु भयो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नृत्य निर्देशक संघका सचिव ऋषिकेश श्रेष्ठले अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइरहँदा नेपालको राष्ट्रिय नृत्य
दिवस नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  उहाँले सरकारी स्तरबाट नृत्य दिवस नमनाए पनि नृत्य निर्देशक संघको पहलमा वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाको जन्म दिन पारेर राष्ट्रिय नृत्य दिवस गत वर्षबाट मनाउन थालेको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्रज्ञा परिषद सदस्यहरु तथा सभा सदस्यहरु, वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, नारायणदेवी प्रधान, राधेश्याम प्रधान, याम गुरुङ, जोगेन्द्र के.सी, उदिराम खड्का लगायत नृत्य निर्देशक संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो। । कार्यक्रमको सहजीकरण प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालले गर्नुभएको  थियो।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *