Home  
Janahit Voice

उद्योगीले घटाउन थाले खानेतेलको मूल्य

१८ बैशाख २०८०, सोमबार

काठमाडौँ । भारततर्फको निर्यात खुम्चिएपछि उद्योगीले खानेतेलको मूल्य धमाधम घट्न थालेको छ । भारतले सन् २०२२ मे महिनामा कच्चा खानतेलको भन्सार महसुल शून्य बनाएपछि नेपालतर्फको निर्यात प्रभावित बनेको छ । यससँगै, लामो समयदेखि भारततर्फ खानेतेल निर्यात गरिरहेका व्यवसायीले स्वदेशी बजारमा मूल्य घटाउन थालेका हुन् । भारतले सन् २०२४ सम्म लागू हुने गरी कच्चा खानेतेलको भन्सार महसुल शून्यमा झार्दै गूड्स एण्ड सर्भिस ट्याक्स ५ प्रतिशत काम गरेको थियो ।

उद्योगीले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै खानेतेलको मूल्यमा अचाक्ली वृद्धि गरेका थिए । तोरीको तेलको मूल्य बढेर प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो । यस्तै, सूर्यमुखी र भटमास तेलको मूल्य प्रतिकार्टुन २५ सयदेखि २७ सय रुपैयाँसम्म पुगेको थियो । जुन, यति बेला निरन्तर घटेर डेढ वर्षअघिकै मूल्यमा बिक्री हुन थालेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *