Home  
Janahit Voice

रविलाइ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह

१८ बैशाख २०८०, सोमबार

प्रचण्डले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।
सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भनेका छन सरकारमा आउनुस्,भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु

रकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन्। त्यसबारेमा आइतबार बालुवाटारमा लामिछानेसंगको छलफल सकारात्मक रहेकाे पनि बताएका छ्न।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् ।

प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन् । प्रधानमन्त्रीले भने सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *