Home  
Janahit Voice

आठ वर्ष पछि खुल्यो तातोपानी नाकाबाट निर्यात

१८ बैशाख २०८०, सोमबार

नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ ।०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिएका छन।। दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेको बताइएको छ।२०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो ।

भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका१८२ प्रकारका सामाग्री निर्यात हुँदै आएको थियो । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यायालय काउन्टी प्रशासन,सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवाञ्छित गतिविधि,आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो ।

चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजश्व सङ्कलन लक्ष्य लिएकोमा हालसम्म दुई अर्ब २० करोड सङ्कलन भएकोमा केसीले बताउनु भएको छ । भूकम्प अघि उक्त नाकाबाट वार्षिक २० अर्बको आयात र दुई अर्बको निर्यात हुने गर्दथ्यो । त्यसबाट राज्यले वार्षिक पाँच अर्ब रुपियाँ राजश्व आम्दानी गर्दथ्यो । चीनको खासाबाट ११४ किलोमिटर दुरीमा काठमाडौँ पुग्न सकिन्छ भने रसुवागढी नाका १६४ किलोमिटर दुरीमा पर्छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *