Home  
Janahit Voice

बन्द हुँदै माइक्रोसफ्ट ब्रान्डको उत्पादन

१९ बैशाख २०८०, मंगलवार

प्रविधि कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम उत्पाद को ४० वर्षपछि बन्द गर्ने भएको छ । आफ्नो सर्फेस ब्रान्डलाई बढी प्राथमिकता दिन कम्पनीले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयरको उत्पादन बन्द गर्न लागेको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘द भर्ज’ का अनुसार माइक्रोसफ्टका प्रमुख सञ्चार प्रबन्धक ड्यान लेकक (Dan Laycock) ले कम्पनीको सर्फेस ब्रान्ड अन्तर्गत विन्डो पीसीका उपकरणमा बढि केन्द्रित हुन खोजिरहेको बताएका छन् । एप्पलको आईफोन जस्तै माइक्रोसफ्टले सर्फेस ब्रान्ड सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले सर्फेस ब्रान्डका माउस, किबोर्ड, पेन, डक्स, एडप्टिभ डिभाइसको दायरा विस्तार गर्ने तयारी गरिरहेको छ । यसको अर्थ हो अहिले बजारमा भएका माइक्रोसफ्ट ब्रान्डका माउस, किबोर्ड र वेबक्याम बजारमा सकिएपछि उपलब्ध हुने छैनन् ।

यसअघि माइक्रोसफ्टले किबोर्ड, माउस र वेबक्यामको उत्पादन नै बन्द गर्ने चर्चा चलेको थियो । कम्पनीले आफू सर्फेस ब्रान्डमा केन्द्रित हुन लागेकाले माइक्रोसफ्ट ब्रान्डका कम्प्युटर हार्डवेयर उत्पादन बन्द गर्नुपर्ने उल्लेख गरेपछि यो खबर स्पष्ट भएको हो ।कम्पनीले बजारमा सर्फेस ब्रान्ड मात्र ल्याएपछि अब उप्रान्त सर्फेस ब्रान्डका डिभाइसको शुल्क घट्छ वा त्यही मूल्य कायम राख्छ भन्ने कुरा भने स्पष्ट छैन । कम्पनीले अहिले बजारमा सर्फेस ब्रान्डको वेबक्याम ल्याएको छैन । तर, करिब आठ सय अमेरिकी डलर पर्ने स्मार्ट सर्फेस क्यामेरा भने बजारमा ल्याएको छ ।जुन कन्फ्रेन्स रूमका लागि उपयोगी हुन्छ ।

पीसीको बजार अहिले खस्किरहेको छ । तेस्रो त्रैमासिकमा माइक्रोसफ्टको सर्फेस ब्रान्डसहित माइक्रोसफ्टका डिभाइसको आम्दानी ३० प्रतिशतले घटेको थियो । पीसी उपकरणको बजार विस्तार गर्न कम्पनीले यो रणनीति अपनाएको विश्लेषण गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *