Home  
Janahit Voice

रवि लामिछानेका गाडी चालक थापाको निधन

१९ बैशाख २०८०, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको आज दिउँसो २ बजेतिर निधन भएको छ।घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।उनलाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा  भेन्टिलेटरमा राखेर  उपचार गरिएको थियो। घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो।प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *