Home  
Janahit Voice

दार्चुला: हिमपहिरोमा बेपत्ता हुनेको खुल्यो पहिचान

२० बैशाख २०८०, बुधबार

दार्चुलामा मंगलबार हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन्।बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो। मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए भने कोही तेहि पुरिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन्। दुवैजना आमाछोरा हुन्। यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा,
२८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन्।

रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको बताइएको छ। वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ। सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए। उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए। यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *