Home  
Janahit Voice

कँडेल मृत्यु प्रकरणमा परिवारले दिए आत्महत्या दुरुत्साहनको उजुरी

२० बैशाख २०८०, बुधबार

चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचना मंगलबार साँझ ६ बजे प्राप्त गरेको थियो। सूचनालगत्तै परिचालन भएको प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। सुसाइड नोटबारे अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए। मृत फेला परेका कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष हुन्। अहिले उनी महासमिति सदस्य थिए।

तेहि सुसाइड नोटको आधारमा चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *