Home  
Janahit Voice

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परे टोपबहादुर रायमाझीका छोरा

२१ बैशाख २०८०, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो।

उनी बुधबार बुटवलमा पक्राउ परे पछि उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो।
यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने एसपी रिजालले जानकारी दिए।

सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *