Home  
Janahit Voice

१३ वर्षीय बालकले गोली चलाउदा ९ जनाको मृत्यु

२१ बैशाख २०८०, बिहीबार

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदा ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक भने घाइते भएका छन् ।

गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई अहिले प्रहरीले पक्राउ गरेको छ । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *