Home  
Janahit Voice

झुक्याएर १० वर्षसम्म यौन शोषण, अनि लेबनानको कोठीमा बेचिइन् महिला

२२ कार्तिक २०७७, शनिबार

काठमाडौँ । एक महिलालाई विभिन्न प्रलोभानमा पारेर १० वर्षसम्म यौन शोषणपछि बेच्नेलाई प्रहरीले पक्रेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने ५५ वर्षीय गौतम लामालाई मानव बेचविखन ब्यूराले पक्राउ गरेको हो । विदेशमा आकर्षक रोजगारी दिलाईदिने वहानामा २३ वर्षीया महिलालाई लामाले भारतको दिल्ली हुँदै लेबनानको एक कोठीमा लगेर बेचेको अनुसन्धानबाट खुलेको छ । लामाले झुक्याएर १० वर्षसम्म ती महिलालाई प्रेमिका बनाएर यौन शोषण समेत गरेको खुलेको छ ।

गत बिहीबार लामालाई ललितपुर महालक्ष्मी नगरपालिकास्थित घरबाटै पक्राउ गरेको ब्यूरोले जनाएको छ । लामाविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामाले ती महिलालाई गत वर्ष जेठमा बेचेको र बेचिएकी महिलाको सकुशल उद्दार भइसकेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *