Home  
Janahit Voice

लोक नृत्य प्रदर्शन र प्रशिक्षणका लागि सांग्रिला भाइब्स

२२ बैशाख २०८०, शुक्रबार

नेपाली लोक नाच प्रशिक्षण तथा प्रदर्शन गर्ने हेतु ले  ठमेल स्थित सांग्रीला भाईब्स अन्तरगत राजश्री डान्स सेन्टर र थर्ड आई थेटर संचालनमा आएको छ। आदरणीय संस्कृति ,पर्यटन तथा नागरीक उड्डयन राज्यमन्त्री माननीय श्री शुशिला सिर्पाईली ठकुरी ज्यु को प्रमुख आतिथ्यमा सुभारम्भ गरिएको समारोहमा बोल्दै लोक नृत्यतथा संकृतिको संरक्षण तथा प्रबर्दन गर्ने कार्य राज्यकै दायित्व भएकाले परिक्षण केन्द्रलाइ सहयोग गर्ने राज्य मन्त्रीले बताउनु भयो।यस कार्यक्रमलाइ  महेश गोदारले संचालन  गरेका थिए।

नृत्य निर्देशक, फिल्म निर्देशक तथा निर्माता राजु शाहले मौलिक नेपाली लोक नृत्यलाइ प्रशिक्षण, प्रवर्दन तथा प्रदर्शन गर्ने तथा पर्यटक क्षेत्रलाइ टेवा पुर्‍याउने उदेश्यले साग्रिला भाइब्स नामक प्रशिक्षण तथा प्रवर्दन केन्द्र संचालनमा ल्याएको बताएका छन।

मौलिक लोक नृत्य हराउदै नजावस भन्ने उदेश्यले प्रशिक्षण तथा प्रबर्दन केन्द्र स्थापना गरेको बताउदै केन्द्रमा बिहान लोक कला संस्कृतिको प्रशिक्षण र बेलुका प्रदर्शन गरिने शाहले बताउनु भएको छ।

उक्त अबसरमा नेपालको पर्यटन उद्योग र नेपाली चलचित्र उद्योगका बरीस्ठ ब्यतित्वहरु माझ बिबिध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *