Home  
Janahit Voice

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्ने

२४ बैशाख २०८०, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राख्दै नागरिकता विधेयकको बारेमा बुझ्न कानुनविद्सँग छलफल गर्ने भएका छन्। यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको जनाइएको छ ।

‘नागरिकता विधेयकको अवस्था के हो भनेर राष्ट्रपतिज्यूले चासो राख्नु भएको छ । यसबारेमा आज छलफलका लागि कानुनविद्लाई दिउँसो १ बजे बोलाइएको छ’, शीतलनिवास स्रोतले भन्यो, ‘अघिल्लो संसदबाट पारित भइसकेको विधेयक राष्ट्रपति कार्यालयमा छ । अब यसको कानुनी हैसियत के हो भनेर बुझ्न लाग्नु भएको हो ।’

नागरिकता विधेयक संसद्ले दोस्रोपटक पारित गरेर गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर, भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो।आइतबार त्यही विधेयकको अवस्था, कानुनी हैसियत के हुन्छ भनेर कानुनविद्सँग छलफल गर्न कानुनविद्सँग छलफल गर्ने भएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *