Home  
Janahit Voice

अव्यवस्थित तार भोलिदेखि हटाइँदै

२४ बैशाख २०८०, आईतवार

काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् ।महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन भनेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ ।सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिका सहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।२७ वैशाखसम्म सरोकार निकायले तार नहटाए महानगरपालिका आफैंले हटाउने तयारी गरेको थियो तर छलफलमा भोलिदेखी नै तार हटाउने विषयमा सहमति भएको जानकारीमा आएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *