Home  
Janahit Voice

प्रतिनिधि सभाको बर्खे अधिवेशन (बजेट अधिवेशन) आजबाट सुरु

२५ बैशाख २०८०, सोमबार

२५ वैशाख, काठमाडौं । सरकारले आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता माथि छलफल सुरु गरेको छ । प्रतिनिधि सभा बैठकमा आज (सोमबार) देखि २७ गतेसम्म आगामी आर्थिक वर्ष २०८०/८१ प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म पि्र-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।
यसलगत्तै नेपाल सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसद्को संयुक्त सभामा पेश गर्नेछन् ।

खासगरी, पछिल्लो समय आर्थिक मन्दीसँगै बढ्दो बजार महँगीको चपेटामा परेकाले सर्वसाधारण जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा बजेटको प्राथमिकता बन्नुपर्ने अर्थविद् अधिकारी बताउँछन् ।

बजारमा पैसाको सर्कुलेशन छैन, महँगीले उपभोग्य बजार निकै कष्टकर बनिरहेको छ । उत्पादन बढ्न सकेको छैन । उद्योगी व्यवसायीहरू ऋणमा डुबेका छन् । यी यावत् समस्यालाई तत्काल सम्बोधन गर्ने गरी बजेट आउनुपर्छ,’ अधिकारीले भने, ‘बजेटले कृषि उत्पादन, साना, लघु, घरेलु तथा मझौला उद्योगदेखि पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका मुद्दाहरू र सम्भावित खाद्यान्न सङ्कटलाई समेत ध्यानमा राखेर सरकारले कृषि र खाद्य सुरक्षा विषयमा समेत बजेटमार्फत विशेष ख्याल गर्नुपर्ने उनले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *