Home  
Janahit Voice

आज दिनभरको मौसम : वर्षादेखि हावाहुरीसम्म

२५ बैशाख २०८०, सोमबार

देशभर स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

‘दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ’ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना पनि छ सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागमा सामान्य हावा–हुरीको सम्भावना रहेको छ।

त्यस्तै मंगलबार पनि देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *