Home  
Janahit Voice

केएमसी एप सार्वजनिक गर्‍यो काठमाडौं महानगरले

२५ बैशाख २०८०, सोमबार

काठमाण्डौ नगरपालिकाले सेवाप्रबाहलाइ होम डेलिभरी गर्ने निति अनुरुप सेवाप्रबाह सुधारका लागि  एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको मेयर बालेन शाहले बताएका छन ।एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको महानगरले जनाएको छ ।

३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरु एप्लिकेसनमार्फत प्रवाह हुने महानगरले जनाएको छ । एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्य वसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले भुक्तानी दिनुपर्ने विभिन्न कामहरू तथा ठेक्का बापतको रकम भुक्तानीका लागि समेत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सुरू गरेको छ । महानगरपालिका अनुसार अब इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा सञ्चालन भएसँगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन आउन नपर्ने भएको छ । सेवाग्राहीहरूले नगद भुक्तानीसँग जोडिएका हरेक कारोबार अब घरबाटै गर्न सकिने व्यवस्था गरिएको मेयर साहले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *