Home  
Janahit Voice

परराष्ट्रका नासु बेगनास तालमा मृत भेटिए

२५ बैशाख २०८०, सोमबार

परराष्ट्र मन्त्रालय, काठमाडौंमा कार्यरत नायब सुब्बा अनुप भण्डारी पोखराको बेगनासतालमा मृत फेला परेका छन्।उदयपुरका स्थायी बासिन्दा ३१ वर्षीय भण्डारी पोखरा महानगरपालिका– ३१ लेखनाथस्थित बेगनासतालमा मृत फेला परेका हुन्।

साढे ८ बजेतिर बेगनास तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। जानकरीमा आएअनुसार  उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्।

साथमा रहेको परिचयपत्रको आधारमा भण्डारीको पहिचान भएको थियो। भण्डारी आइतबार हवाई मार्ग हुँदै पोखरा आएका थिए। उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। उनको मृत्युका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अनुसन्धान गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *