Home  
Janahit Voice

प्रमुख तीन दलका शीर्ष नेता बीच बालुवाटारमा छलफल

२६ बैशाख २०८०, मंगलवार

प्रमुख तीन दलका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्।

सोमबार मात्र संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । उनको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ । त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेको छ ।

तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा छलफल हुने हुने बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *