Home  
Janahit Voice

इजरायलले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु

२६ बैशाख २०८०, मंगलवार

इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा परि  १२ जनाको मृत्यु भएको छ। अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन्।

मङ्गलबार बिहान २ बजे गाजा क्षेत्रभरि आवासीय फ्ल्याटहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो। प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) आन्दोलनले पत्नी र बच्चाहरू सहित आफ्ना तीन नेता मारिएकोमा आक्रोश व्यक्त गरेको बताइएको छ।
प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका तीन वरिष्ठ सदस्य इजरायली सेनाको मङ्गलबार बिहानको बमबारीमा मारिएका थिए। गाजामा ‘अपरेशन शिल्ड एण्ड एरो’ अन्तर्गत विस्फोट भएको थियो।

एजेन्सी– इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका छन्।

मङ्गलबार बिहान २ बजे (स्थानीय समय अनुसार) गाजा क्षेत्रभरि आवासीय फ्ल्याटहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो। प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) आन्दोलनले पत्नी र बच्चाहरू सहित आफ्ना तीन नेता मारिएकोमा आक्रोश व्यक्त गरेको अल जजीराले जनाएको छ।

प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका तीन वरिष्ठ सदस्य इजरायली सेनाको मङ्गलबार बिहानको बमबारीमा मारिएका थिए। गाजामा ‘अपरेशन शिल्ड एण्ड एरो’ अन्तर्गत विस्फोट भएको थियो।

सो कारबाही अघि गाजाको ४० किलोमिटर (२५ माइल) भित्रका इलाकाका इजरायली बासिन्दाहरूलाई जवाफी हमलाहरूको डरले सन्त्रासमा पारिएको थियो।

द टाइम्स अफ इजरायलका अनुसार इस्लामिक जिहादका नेताहरूमाथि अघिल्लो हमलाहरूले इजरायली नागरिकहरूमा रकेटको ब्यारेज र इजरायली सेनाहरूसँगको तीव्र लडाइहरू निम्त्याएको छ। सो हमला केही दिनसम्म चलेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *