Home  
Janahit Voice

डढेलो निभाउने क्रममा जलेर पाँच जना घाइते

२६ बैशाख २०८०, मंगलवार

अर्घाखाँचीको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि आगो निभाउने क्रममा पाँच जना जलेर घाइते भएका छन्। मंगलबार बिहानैदेखि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. २ तिरतिरे खोलाको जंगलम लागेको डढेलो एक्कासि बस्तीमा पसेको थियो।

डढेलोबाट स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो। सोही घरको आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासे र २६ वर्षीय अस्मिता बेलबासे घाइते भएका छन्।

जानकारीमा आएअनुसार आगलागीमा परेका पाँचै जनाको अवस्था गम्भीर छ।उक्त घटनामा परी घाइते भएका सबैलाई थप उपचारको लागि सन्धिखर्कबाट युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *