Home  
Janahit Voice

बाजुरामा निःशुल्क आँखा शिविर हुँदा ज्येष्ठ नागरिक खुसी

२६ बैशाख २०८०, मंगलवार

वैशाख २६ गते। बाजुरामा सञ्चालन गरिएको आँखा शिविरले ज्येष्ठ नागरि खुसि भएका छन।दुर्गम गाउँमा रहेका विपन्न परिवारलाई लक्षित गरेर स्थानीय तह र एकएक पाइला अभियानको सहयोगमा बुढीगङ्गाको टाँटे स्वास्थ्य र बुढीनन्दाको कोल्टी स्वास्थ्य केन्द्रमा पाँच दिने आँखा शिविर सञ्चालन गरिएको हो।

बाजुराका ज्येष्ठ नागरिकले आर्थिक अभावका कारण राम्रो ठाउँमा गएर आँखाको उपचार गर्न सकेका थिएनन तर वैशाख २१ देखि २६ गते गाउँमै सञ्चालन भएको आँखा शिविरमा राम्रो सुविधा पाएका छन।गाउँमै सञ्चालन भएको यो शिविरमा आँखाको अप्रेसन हुँदा निकै खुसी भएको ज्येष्ठ नागरिकहरुले बताएका छ्न।

दुर्गम बस्तीका दलित, महिला तथा विपन्न परिवारका बालबालिकालाई लक्षित गर्ने गरी निःशुल्क रूपमा आँखा शिविर सञ्चालन गरिएको आँखा उपचार केन्द्र बाजुराले जनाएको छ। मोतीबिन्दु रोगका कारण कयौँ ज्येष्ठ नागरिक आँखा नदेख्ने समस्या भोग्दै आएका थिए। सोही समस्याको समाधान गर्ने गरी स्थानीय तहको समन्वयमा शिविर सञ्चालन गरिएको बताइएको छ।

वैशाख २१ देखि २२ गतेसम्म बुढीगङ्गाको टाँटे स्वास्थ्य चौकीमा सञ्चालन गरिएको आँखा शिविरमा ११७ जनाको आँखाको अप्रेसन गरेका छन्। त्यसैगरी वैशाख २४ देखि २६ गतेसम्म कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा झण्डै दुई सय बढीको आँखाको अप्रेसन भएको बताइएको छ।शिविरमा नाम दर्ता गरेका धेरै जसोको आँखामा सामान्य समस्या भए पनि आँखा नदेख्नेको अप्रेसन नै भएको छ। आँखामा मोतीबिन्दु तथा चोट पटक लागेर पनि आर्थिक समस्याका कारण उपचार गर्न नसकेकालाई यो शिविरले निकै सहज बनाएको छ।

शिविरमा सहभागी भएका आँखाका बिरामीमध्ये सबै भन्दा बढी मोती बिन्दुको समस्या देखिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *