Home  
Janahit Voice

टोपबहादुरको घरमा पुग्यो प्रहरी

२६ बैशाख २०८०, मंगलवार

फरार रहेका एमाले सा‌ंसद टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले नेता रायमाझीको घरमा पुगेर  छापा मारेको हो।

ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ।प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको थियो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म पनि उनी फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ।

उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत परिचालन भएको छ। ब्युरोको टोलीले गत शनिबारदेखि उनको खोजी गरिरहेको छ। यद्यपि उनी कहाँ छन् भन्ने खुलिसकेको छैन।यस घटनामा उहाँका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ परिसकेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *