Home  
Janahit Voice

अब प्रयोगकर्ताले ट्वीटरबाटै भ्वाइस र भिडियो कल गर्न सक्ने

२८ बैशाख २०८०, बिहीबार

एलन मस्कले कम्पनी खरीद गरेसँगै ट्वीटरमा विभिन्न परिवर्तनहरु ल्याउदै आएका छन। केहि परिवर्तनहरु प्रयोगकर्ताको तीव्र आलोचना गरेका छन भने केहि सकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ ।

ट्वीटरले पछिल्लो पटक प्रयोगकर्ताको वाहवाही पाउने खालको घोषणा गरेको छ । कम्पनीका अनुसार प्लाटफर्ममा केही बहुप्रतिक्षित फिचरहरु निकट भविष्यमै थप हुँदैछन् ।

ट्वीटरका अनुसार यसको डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा अत्यन्तै आवश्यक ठानिएको परिवर्तन गरिँदैछ जस अन्तरगत डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ ।यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *