Home  
Janahit Voice

धारिलो हतियार प्रहारबाट धादिङमा एक युवकको मृत्यु

२८ बैशाख २०८०, बिहीबार

धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ ।गएराती होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको बताइएको छ।

ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि बुधबार ११ बजेतिर यो घटना घटेको हो।
चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएको बताइएको छ।

प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारीमा आएको छ।

हत्याको बिरोधमा स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशूली सडक खण्ड अवरुद्ध गर्नुका साथै होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *