Home  
Janahit Voice

जेठ ८ गते रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिने

२८ बैशाख २०८०, बिहीबार

नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ ८ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो। लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीहरुले बताएका छन्। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन्।

मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी सम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको बताइएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *