Home  
Janahit Voice

पाकिस्तानी सर्वोच्च अदालतले इमरान खानलाई रिहा गर्न आदेश

२९ बैशाख २०८०, शुक्रबार

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ। खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै त्यहाँको सर्वोच्च अदालतले खानको पक्राउ गैरकानुनी रहेको ठहर गरेको हो।

पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो। गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४ः३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५ः४० बजे उनलाई उपस्थित गराइएको थियो। पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो।

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ। पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *