Home  
Janahit Voice

यौन दुर्व्यवहारको आरोपमा खोटाङका डा.मदन राई पक्राउ

२९ बैशाख २०८०, शुक्रबार

खोटाङका डा.मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरीले जानकारी दिएको छ।

शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप उनलाइ लागेकाले उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *