Home  
Janahit Voice

भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी नेताहरु प्रति वालेनको आक्रोस

३१ बैशाख २०८०, आईतवार

शनिबार नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका हरूलाई कारबाही गर्न माग गर्दै अब भ्रष्टाचार सहनौं भ्रष्ट नेता चाहन्नौं, दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंको माइतीघर र नक्साल लगायत  देशभरि प्रदर्शन भएको छ। सोही आन्दोलनमा सहभागी नेताहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन्।

सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टाचारीविरुद्धमा मुख खोलेका छन् । उनले भनेका छन ‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्’ ‘यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।’

उनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने बताएका छन् । ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

शनिबारको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी,  डा. तोसिमा कार्की गायतका राजनीतिक दल नेताहरु सहभागी भएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *