Home  
Janahit Voice

चक्कु प्रहारबाट आफ्नै साथीको हत्या

३१ बैशाख २०८०, आईतवार

लमजुङको मध्यनेपाल नगरपालिका– ८ लाङदीपारी मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्ने एकजना मजदुरको चक्कु प्रहार बाट हत्या भएको छ। खोटाङको दिक्तेल–रूपाकोट–मजुवागढी नगरपालिका– १५ घर भएका २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५ वर्षीय सुनील श्रेष्ठलाइ  धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति घरायसी कुरामा विवाद हुँदा अर्जुनले आफ्नो साथी सुनीलमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। उनको थप उपचारका लागि पोखरा लाने क्रममा शनिबार राति १ बजे मृत्यु भएको  जनाएको छ।

घटनापश्चात् पोखरा गएका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोर्लेटारको संयुक्त टोलीले पोखराबाट शनिबार बिहान पक्राउ गरेको बताइएको छ। पक्राउ परेका अर्जुनलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने तयारी भइरहेको छ। घटनामा संलग्न अर्जुन र मृतक सुनील श्रेष्ठ छिमेकी रहेको र दुवैजना मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्दै आएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *