Home  
Janahit Voice

टोप बहादुर रायमाझी पक्राउ: नेपाल प्रहरीको अर्को सफलता

३१ बैशाख २०८०, आईतवार

काठमाण्डौं सम्बाददाता

प्रधान कार्यालयको विशेष ब्यूरोले टोप बहादुर रायमाझी लाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार सांझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *