Home  
Janahit Voice

बालकृष्ण खाँणको बयान सुरू

१ जेष्ठ २०८०, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरू भएको छ। सोमबार उनलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। सरकारी वकिलको कार्यालय बबरमहलमा बयान लिन शुरू गरिएको हो । जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिइरहेका छन् ।

यसअघि प्रहरीले अनुसन्धानका लागि सोधपुछ गर्दा भनेका कुराहरू भने मान्य नहुने पनि उनले बताए। मुलुकी फौजदारी कार्यविधिको दफा १६ मा बयान लिने र सोधपुछ गर्ने शीर्षक उल्लेख छ। त्यसमा भनिएको छ- कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष अभियुक्तको बयान लिनेछ।

(२) उपदफा १ बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनुपर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ।

(३) अनुसूची-१ वा अनुसूची-२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएको व्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ।

(४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नुपर्नेछ।

वैशाख २७ गते पक्राउ परेका खाँणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो ।गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *