Home  
Janahit Voice

सरकारी वकिल कार्यालयमा मुस्कुराउँदै पुगे रायमाझी

१ जेष्ठ २०८०, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार राति बुढानीलकण्ठको पासिकोटमा आफन्तको घरमा आश्रय लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो।

म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको छ।आइतबार राति पक्राउ परेका रायमाझी सरकारी वकिलको कार्यालयमा प्रफुल्ल  देखिन्थे। उनले समर्थकलाई हात हल्लाउनुको साथै मुस्कुराएर अभिवादन गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै सार्वजनिक भइरहँदा टोपबहादुरको शैली भने फरक देखिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *