Home  
Janahit Voice

काठमाडौंका सडक छेउमा पार्किङ निषेध,पार्किङका लागि भ्यु टावर सञ्चालनमा

२ जेष्ठ २०८०, मंगलवार

महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ ।

बालेन्द्र गतवर्ष मेयरमा निर्वाचित भएपछि महानगरभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । जथाभाबी फुटपाथ हटाउने र बेसमेन्ट पार्किङलाई व्यवस्थित बनाएपछि महानगरले यसअघि सडक छेउछाउ हुने अव्यवस्थित पार्किङ हटाएको हो । महानगरको एक वर्षको लामो कसरतपछि अव्यवस्थित पार्किङ हटाएकोछ ।

महानगरमा मेयरको रूपमा बालेन्द्र साह निर्वाचित भएपछि नै अव्यवस्थित पार्किङलाई हटाउने योजना बनाउँदै आएका थिए। । सोही अनुसार काम हुँदै जाँदा एक वर्षमै अव्यवस्थित पार्किङ हटाइएको हो । महानगरको अव्यवस्थित पार्किङ हटाउन र बेसमेन्ट खाली गराउन ठुलो सङ्घर्ष गर्नुपरेको बताइएको छ।

महानगरपालिकाले हालसम्म दुई दर्जन बढी स्थानको सडकबाट पार्किङ हटाइसकेको छ| बानेश्वर, शङ्खमूल, प्रदर्शनीमार्ग, नारायण चोक, चाबहिल बत्तीसपुतली, कालीमाटी,कलङ्की, त्रिपुरेश्वर, माछापोखरी, कुलेश्वर, सोल्टीमोड लगायतका ठाउँमा सडक छेउछाउ हुने पार्किङलाई हटाइ सकेको छ

भ्यु टावर सञ्चालनमा

काठमाडौं महानगरले पार्किङ लागि पुरानो बसपार्कमा बनाएको भ्यु टावर सञ्चालनमा आएको छ । निर्माणाधीन उक्त टावरको बेसमेन्ट पार्किङ लागि खुला गरिएको महानगरले जनाएको छ।

अहिले दुई तलाको बेसमेन्ट पार्किङमा पार्किङ खुल्ला गरिएको बताइएको छ। उक्त खुल्ला गरिएको पार्किङ स्थलमा दुई हजार बाइक र ५०० कार अट्ने क्षमता रहेको छ । तत्काल बसको लागि भने पार्किङ खुल्ला नगरिएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *