Home  
Janahit Voice

बिरामीको मृत्युपछि ग्रिनसिटी अस्पतालको फार्मेसी तोडफोड, उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति

२ जेष्ठ २०८०, मंगलवार

बसुन्धरास्थित ग्रिन सिटी अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर आफन्तले फार्मेसी तोडफोड गरेपछि उपचार शुल्क मिनाहा र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।आइतबार गोरखाका ६२ बर्षीय लोकनाथ भट्ट फोक्सोमा पानी जमेका कारण उपचारका लागि अस्पताल आएका थिए उनको सोमबार दिउँसो मृत्यु भएको थियो  मृतकका  आफन्तले भने म्याद सकिएको औषधिका कारण मृत्यु भएको आरोप लगाएका छन्

जनकारीमा आएअनुसार हिजो दिँउसो अस्पतालले मृत्यु भएको जानकारी दियो ।मृतकका आफन्तले बाँकी रहेको औषधि फिर्ता गर्न फार्मेसीमा जाँदा म्याद सकिएको भन्दै फिर्ता लिन नमाने पछि आफन्तले अस्पतालको फार्मेसीले दिएको म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड गरेका थिए ।

फार्मेसीमा तोडफोड हुन थालेपछि नजिकै रहेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । हाल प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अहिले अस्पतालको फार्मेसी बन्द गरिएको छ ।

सोमबार बेलुका नै अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौता भएपछि भट्टको अन्तिम संस्कार पनि भइसकेको छ । मृतकका आफन्तका अनुसार उपचार गर्दा लागेको साढे दुई लाख रुपैयाँ र थप १० लाख क्षर्तिपूर्तिसहित सम्झौता भएको बताइएको छ।

अस्पताल प्रशासनले भने मृतकलाई दिएको औषधिमा समस्या नदेखिएको जिकिर गरेको छ ।आईसीयूमा भएका बिरामीलाई संवेदशील रुपमा हेरिन्छ । तर, फार्मेसीमा फिर्ता गरिएको औषधिमा भने म्याद सकिएको भेटिएको हो। औषधि व्यवस्था विभागले पनि अनुगमन गरेको छ । पछि, केही निष्कर्ष आउने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *