Home  
Janahit Voice

नेपाली कांग्रेस हावा न चावाको पार्टी– भोलि उठी कहाँ जाने केही थाहा छैन : ओली

३ जेष्ठ २०८०, बुधबार

काठमाडौँ ।नेपाली कांग्रेसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावा न चाबाको पार्टीको संज्ञा दिएका छन् । बुधबार मदन भण्डारीको ३० औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार र सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई कुनै चिन्ता नभएको भन्दै कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’ वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाए ।

यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताए । सत्ताको लागि मात्र कसैसँग नमिल्ने तर जनताको लागि, सुशासनका लागि र विकासका लागि भने अरुसँग एमाले मिल्न सक्ने उनले बताका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *