Home  
Janahit Voice

रेशम चौधरीले छलफल गर्न नागरिक उन्मुक्तिका नेताहरुलाई बोलाए कारागार

३ जेष्ठ २०८०, बुधबार

डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार छलफलका लागि बोलाएका छन्। सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका हुन्।‘सर्वोच्चको आदेशपछि फरक परिस्थिति उत्पन्न भएको छ। उहाँसँग छलफल गरेर धारणा बनाउनुपर्ने भएकाले ११ बजे कारागार पुग्ने नागरिक उन्मुक्ति पार्टीले बताइएको छ। यता कारागार प्रशासनले भने नाउपाका नेताहरू आउन लागेको जानकारी नपाएको बताएको छ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो। घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। मंगलबार सर्वोच्चले उच्च अदालतको फैसला सदर गरिदिएपछि उनी तत्काल जेलबाट निस्किने सम्भावना सकिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *