Home  
Janahit Voice

सवारी दुर्घटनामा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु

३ जेष्ठ २०८०, बुधबार

सवारी दुर्घटनामा परी जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। जानकारीमा आएअनुसार   मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ।दुर्घटना गएराति ८ः३० बजे भएकोथियो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए।इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै बस राेकेकाे र  बस रोकिएपछि त्यसमा सवारहरू विद्यार्थीहरू बाहिर निस्केका थिए। त्यहीबेला तीव्र गतिमा आएको ट्रक बसकाे पछाडिबाट ठक्कर दिएको बताइएको छ । मृत्यु हुने नेपाली विद्यार्थीको परिचय खुलिसकेको छैन। बसलाई ठक्कर दिने ट्रकका चालक पनि गम्भीर घाइते भएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *