Home  
Janahit Voice

तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्य

३ जेष्ठ २०८०, बुधबार

तारकेश्वर नगरपालिका वडा नं. ११ को शेषमती पुल क्षेत्रमा यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते भएका छन् भने मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटर साइकल चालकको मृत्यु भएको हो।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ। मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको थियो। गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए । त्यस क्षेत्रमा तनाव अहिले उत्पन्न भएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *