Home  
Janahit Voice

आज १५ सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्ने

४ जेष्ठ २०८०, बिहीबार

आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक मुलुकमा उठेका विविध विषयमा आधारित रहेर प्रश्न गर्न लागेका हुन्।

संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् । यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो ।

प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था उल्लेख भए पनि मौजुदा संसद्मा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *