Home  
Janahit Voice

आज एकीकृत समाजवादीले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

४ जेष्ठ २०८०, बिहीबार

नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आज विरोध प्रदर्शन गर्ने भएको छ ।

समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुखका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई हदैसम्मको कारबाही गर्न र सबैखाले भ्रष्टाचार अन्त्यका लागि सडक प्रदर्शन गर्न लागिएको बताइएको छ।

जानकारीमा आएअनुसार हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *