Home  
Janahit Voice

श्रीमतीको हत्या गरी फरार रहेका विक पक्राउ

४ जेष्ठ २०८०, बिहीबार

रोल्पा सुनछहरी गाउँपालिका -६ फगामका ३९ वर्षीय गर्भे विक लाइ प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। विकले गत फागुन २० गते श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका थिए।

श्रीमतीको हत्या गरी शव कपिलवस्तु शिवराज नगरपालिका वडा ५ चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेप्टी ट्यांकीमा फ्याँकी फरार रहेका विक दुई महिनापछि पक्राउ परेका हुन्। विकलाई काठमाडौंको सतुंगलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारीले बताएका छन।

प्रहरीका अनुसार विकलाई थपआवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *