Home  
Janahit Voice

कोशीमा माओवादी र जसपालाई सरकार छोड्न कांग्रेसको औपचारिक दबाब

४ जेष्ठ २०८०, बिहीबार

नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।बिहीबार विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नयाँ सरकार बनाउनका लागि माओवादी र जसपालाई अहिलेको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो।

कांग्रेसका प्रदेश सांसदका अनुसार माओवादी र जसपा नयाँ सरकार बन्ने ग्यारेन्टी नभएसम्म अहिलेकै सरकारमा बसिरहने मनस्थितिमा भएकाले उनीहरूलाई पहिला सरकार छोड्न भनिएको हो। कोशीमा अहिले नेकपा (एमाले) का हिक्मत कार्की मुख्यमन्त्री छन्। उनको सरकारमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक सबै दल सहभागी छन्।

एमाले नेतृत्वमा रहेको प्रदेश सरकारबाट माओवादी र जसपाले हात झिके आगामी बजेट, नीति कार्यक्रम नै पारित नहुने अवस्था आउनसक्ने खतरा छ। त्यसैले मुख्यमन्त्री कार्की पनि सबै दलसित संवादमा छन्।

कोशीमा एमालेसँग ४० जना सांसद छन्। त्यो संख्यामा जम्मा ७ जना थपिँदा उसलाई बजेट पारित गर्न र सरकार टिकाउन पुग्ने बहुमत पुग्छ। तर, केन्द्रकै गठबन्धन अनुसार माओवादी र जसपाले साथ छाडे एमालेसँग राप्रपा मात्रै साथमा रहने अवस्था हुन्छ। ६ सिटमात्रै भएको राप्रपाको साथले एमालेलाई बजेट पारित गर्ने संख्या पुग्ने अवस्था हुँदैन।कांग्रेससँग २९, माओवादीसँग सभामुखसहित १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी ४७ जना छन्। नयाँ सरकार बनाउने बेलामा सभामुखले पनि निर्णायक मत दिन पाउने जिकिर माओवादी, समाजवादी लगायतका दलहरूले गर्दै आएका छन्। तर, यसले पनि सजिलै सरकार नबन्ने भएकै कारण नेताहरूले आलोपालोको कुरा अघि सारेको हुनसक्ने प्रदेशका नेताहरूको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *