Home  
Janahit Voice

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

५ जेष्ठ २०८०, शुक्रबार

दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पूर्व जाँदै गरेको बस लमही–भालुवाङ रूटमा चल्ने लोकल बस हो । उक्त बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घनामा परी मृत्यु हुने शोभा परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन्। उनका दुई छोरापनि घाइते छन् ।प्रहरीका
अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। तीमध्ये अधिकांश इँट्टा मजदुर रहेको बताइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *